Logo

खेलकुद

अफगानिस्तानद्वारा नेपाललाई सामान्य लक्ष्य



काठमाडौं । युएईमा जारी यु-१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।

नेपाललाई अफगानिस्तानले १ सय २४ रनको सामान्य लक्ष्य दिएको हो । युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुँदै १ सय २३ रन जोड्यो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १४:०४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।