काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजले ३-३ खेल खेलेका छन् भने बाँकी टिमले ४–४ खेल खेल्दा सबै खेल जितेको जनकपुर बोल्ट्स लिगको शीर्ष स्थानमा छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ ।
त्यस्तै चार खेलमा ३ जितसहित ६ अंक भएका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ४ खेलमा दुई जितसहित ४ अंक भएको कर्णाली चौथोमा छ ।
तीन खेलमा एक जितसहित २ अंक भएको पोखरा पाँचौंमा, काठमाण्डु छैटौंमा र चार खेलमा एक जित भएको विराटनगर किंग्स सातौं स्थानमा छ ।
त्यस्तै, लुम्बिनीका कप्तान रोहितले सर्वाधिक १८१ रन बनाएका छन् ।
यस्तै, जनकपुरका लहेरू मिलान्था दोस्रो स्थानमा छन् । श्रीलंकन मूलका अमेरिकन यी खेलाडीले १६८ रन बनाएका छन् ।
तेस्रो स्थानमा इंग्ल्यान्डका रवि बोपारा छन् । उनले १५७ रन बनाएका छन् ।
यसैगरी, चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले १४० रन बनाएका छन् ।
पाँचाैं स्थानमा भारतका चर्चित खेलाडी शिखर धवन छन् । उनले १३६ रन बनाएका छन् । जम्मा ४ खेल मात्र खेल्न आएका धवन घर फर्किसकेका छन् ।
सोमबारको ब्रेकपछि अब लिग चरणमा कुल १३ खेल बाँकी छन् । मंगलबार पहिलो खेलमा लुम्बिनी र चितवन खेल्दै छन् भने दोस्रो खेलमा कर्णाली र पोखरा खेल्दै छन् ।




















प्रतिक्रिया