Logo

खेलकुद

रोहित र विन जफरको अर्धशतकमा लुम्बिनीद्वारा १ सय ६८ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् ।

लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले । उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै विनले ५२ रनको अर्धशतकीय पारी खेले । त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए । पाँचौँ विकेटका लागि कप्तान रोहित साद विन जफरले ११४ रनको सानदा साझेदारी गरे ।

चितवनका लागि बलिङतर्फ रिजन ढकाल तीन, कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १०:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।