काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ ।
रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको छ । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
लुम्बिनीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्रै बनायाे ।
चितवनका लागि ब्याटिङतर्फ लुक बेन्केनस्टाइनले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान कुशल मल्ल २० रनमा आउट भए । रबि बोपराले १२ रन बनाउँदा सन्तोष कार्कीले १० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि रामोन साइमन्स् २ र अविशेष गौतम र साद बीन जफरले १ विकेट हात लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले । उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे।
यस्तै साद बीनले ५२ रनको अर्धशतकीय पारी खेले । त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए । पाँचौँ विकेटका लागि कप्तान रोहित साद बीन जफरले ११४ रनको सानदा साझेदारी गरे ।
चितवनका लागि बलिङतर्फ रिजन ढकाल ३, कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट लिए ।




















प्रतिक्रिया