काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनायो ।
पोखराको लागि ओपनर दिनेश खरेल २६ रन बनाउँदा अर्का ओपनर आन्द्रेस गौसले २५ रन बनाए । रेमन रिफरले २० रन बनाए ।
यस्तै कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १० रन बनाए ।
कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै विपिन शर्मा, युनिस ठकुरी र कप्तान सोमपाल कामीले समान १/१ विकेट लिए।




















प्रतिक्रिया