काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले १०४ रनको लक्ष्य दिएकाे छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हाे ।
काठमाडौँका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुई/दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एक/एक विकेट लिए ।




















प्रतिक्रिया