Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् ।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ ।

नवनियुक्त सीईओ गौतमसँग विगत ३ दशकभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत सीईओको कार्यभार सम्हालेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।

कार्यानुभव तथा कार्यसम्पादनको मूल्यांकन गर्दै गौतमलाई सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने विश्वास राख्ने गौतम कर्मचारीको टिम वर्कमा विश्वास गर्छन् ।

गौतमको सीईओमा नियुक्तिसँगै कम्पनीले थप उपचाइ लिने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १६:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।