काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएपछि १०२ रनको लक्ष्य पाएको हो ।
काठमाडौंका लागि गेराड एरासमसले २० रन बनाए । यस्तै कप्तान करण केसीले १९ रन बनाए । यस्तै ओपनर स्तेफेन एस्किनाजी १७ रन बनाए ।
जनकपुरका लागि ललितनारायण राजवंशी र शेर मल्ले ३/३ विकेट लिए । मोहमद मोसेमले दुई विकेट लिँदा अरनिको यादव र किशोर महतोले १/१ विकेट लिए ।




















प्रतिक्रिया