Logo

अर्थ

नेको इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति



काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो ।

सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि पुस ९ गते अनुमति दिएको हो । अब कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार १०:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।