काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
स्थानीय मिडियाकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।
आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए ।
यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।
उनको पक्राउका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको समय छ । उनीहरूले यसको अवधि लम्ब्याउन पनि सक्छन् ।
यसअघि राष्ट्रपति कार्यालय र यूनको निजी आवासमा अदालतले अनुमति दिएको छापा मार्न अनुसन्धानहरू छिर्ने प्रयास गर्दा राष्ट्रपतिको सुरक्षा सेवाले रोकेको थियो । यूनले राष्ट्रपतिको संवैधानिक अधिकारअन्तर्गत मार्शल ल लगाएकोले अनुसन्धानकर्ताहरूसँग उनलाई पक्राउ गर्ने अधिकार नभएको यूनको कानुनी टोलीले सोमबार भनेको थियो ।




















प्रतिक्रिया