काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पत्रकार सम्मेलनमा पूर्वउपाध्यक्ष डा. रावलले एकपछि अर्को प्रश्नैप्रश्न गरेका हुन् ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।




















प्रतिक्रिया