Logo

प्रमुख समाचार

माओवादीले केन्द्रीय सदस्यहरूको सम्पत्ति सार्वजनिक गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’

 

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १३:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।