Logo

खेलकुद

सिर्जन बमद्वारा कानाचौर माविका खेलाडी विद्यार्थीका लागि ड्रेस प्रदान



दिपायल । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी कानाचौर माविका विद्यार्थीका लागि सिर्जन बमले ड्रेस उपलब्ध गराएका छन्।

डोटीको काटै घर भइ हाल धनगढी-५ तारानगर बस्दै आएका बमले दुर्गमको विद्यालयका विद्यार्थीको लागि उक्त ड्रेस उपलब्ध गराइएको बताए। विद्यार्थीको खेलप्रतिको लगाव बढोस् भन्ने उद्देश्यका साथ विभिन्न प्रतियोगिताका विद्यार्थीका लागि ड्रेस उपलब्ध गराएको उनको भनाइ छ।

उनले निकट दिनमै विद्यार्थीहरूका लागि विभिन्न पुस्तकहरू पनि उपलब्ध गराउने बताएका छन्। त्यसका लागि २६ हजार मूल्यका किताब खरिद गरिसकेको बमको भनाइ छ।

पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जोराघाट माविमा सञ्चालनमा रहेको छ। प्रतियोगितामा नौ विद्यालय सहभागी छन्।

विद्यालयका शिक्षक दिपेन्द्र बम यस्ता खाले सहयोगले विद्यार्थीको आत्मबल बढ्ने बताउँछन्।

 

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १४:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।