काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो ।
कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।




















प्रतिक्रिया