Logo

अर्थ

गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँड हुने



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको आईपीओ माघ ६ गते आइतबार कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएको हाे ।

कम्पनीले पुस २१ गते सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। ७५ करोड चुक्तापूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको शेयर निष्काशन गरिएको थियो ।

कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता, र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

निष्काशनको अन्तिम दिनसम्म आइपीओमा १९ लाख ६ हजार ७८४ जनाले आवेदन दिएका थिए, जुन मागभन्दा १३.६५ गुणा बढी हो । गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १५:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।