Logo

खेलकुद

नागार्जुन कलेजलाई ‘बीसीए अन्तर कलेज फुटसल’ उपाधि



काठमाडौं । नागार्जुन कलेजले ‘बीसीए अन्तर कलेज फुटसल’ को उपाधि जितेको छ ।

ललितपुरस्थित डीएभी कलेजले आयोजना गरेको तेस्रो बीसीए अन्तर कलेज फुटसलको उपाधि जित्दै नागार्जुन कलेजले एक लाख ५० हजार रूपैयाँ हात पारेको छ । उपाधि विजेता टोलीलाई त्रिशूली भिल्लाले फ्रि र्‍याङ्खिटङ प्याकेज समेत प्रदान गरेको छ ।

त्यसैगरी रनरअप बनेको पास्कल कलेजले ७५ हजार रूपैयाँ नगदसहित रनरअप ट्रफी हात पारेको छ ।

प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले बेस्ट प्लेयर अर्वाड हात पार्दा नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले बेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले बेस्ट स्कोर अर्वाड हात पारे । विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेट प्रदान गरिएको थियो ।

२९ पुसदेखि २ माघसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेजसम्बद्ध २४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १०:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।