Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा जनता धन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उप-प्रमुख बलराम गौतमले मन्तव्य राखेका थिए । कुश्मा शाखाका प्रमुख बलराम आचार्य र उक्त शाखाका अपरेसन इन्चार्ज जीवन पोख्रेल, एजेन्सी म्यानेजरहरु अमृता पुरी गिरी, पार्बती कुमारी शर्मा, याम कुमारी पौडेल लामिछाने र जनप्रतिनिधि बाग्लुङ नगरपालिका १४ कि वडा सदस्य चन्द्रा सुनार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम व्यवस्थापनको समन्वय कम्पनीका वित्त विभागमा कार्यरत कर्मचारी सुबास पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ कुमार पौडेलले यस्तो महान कार्य गरेकोमा कम्पनीप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा कम्पनीको थप प्रगति अपेक्षा गरे ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १०:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।