काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ १० गते बिहीबार एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउने भएका हुन् ।
कम्पनीले माघ २८ गते, होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे २५औँ वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।




















प्रतिक्रिया