Logo

खेलकुद

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका हेरफेर



काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि-२० आई सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ ।

क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुनेछ । तर, सिरिजको खेल हुने दिन भने परिवर्तन गरिएको छ ।

त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ ।

सिरिजको खेल तालिका अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि-२० आई सिरिज हो ।

 

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार १३:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।