Logo

खेलकुद

यू-१९ महिला विश्वकप: पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर



काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपेर शीर्षमा उक्लिएकी हुन् । पूजाले ४ खेलमा ९ विकेट लिइन् ।

लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् भने तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् ।

मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार १४:१५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।