Logo

अर्थ

एलआईसी नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला गर्ने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

यसमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १०:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।