Logo

अर्थ

पुँजी वृृद्धि गर्न पुनर्बीमा कम्पनीलाई एक वर्ष म्याद थप



काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्नको लागि एक वर्षको म्याद थप गर्ने निर्णय गरेको छ । पुनर्बिमा कम्पनीहरुले आगामी २०८२ सालको माघ १७ गतेसम्म २० अर्ब चुक्ता पुँजी पुर्याउनुपर्नेछ ।

नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको बैठकले गत पुस महिनाको अन्तिम साता यस सम्बन्धमा निर्णय गरेको थियो । यस निर्णयसँगै पुनर्बिमा कम्पनीहरुलाई समयसीमा विस्तार गरिएको हो । २०८० सालको माघ १७ गतेको बैठकमा पहिले तय गरिएको पुँजी वृद्धि योजना अन्तर्गत कम्पनीहरुले २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने थियो, तर अब एक वर्षको थप समय दिइएको छ।

नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स नेपालका दुई प्रमुख पुनर्बिमा कम्पनीहरु हुन् । अहिले नेपाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रि इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १२:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।