Logo

खेलकुद

नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य



काठमाडाैं । महिला अन्तर्राष्ट्रिय टी-२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो ।

नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन र आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन् ।

बलिङमा नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १-१ विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १४:००   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।