Logo

खेलकुद

मोन्टी देसाईको बिदाइ नोट: यो गुडबाई होइन, धन्यवाद हो



काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता सकिएकाे छ ।

मुख्य प्रशिक्षक देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै सामाजिक सञ्जालमा नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका हुन् ।

उनले यो गुडबाई नभएर धन्यवाद भएको बताए । मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो ।

उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए ।

आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा उनले क्यान व्यवस्थापन, खेलाडीहरू, समर्थकहरू, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरे ।

आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्‍वास कायमै राख्‍न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आईतवार ११:२३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।