Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन खुल्यो



काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आवेदन खुलेको छ ।

आइतबारदेखि माघ २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा आएको हो ।

एनएलजीका कार्यालयहरू बिराटनगर, विरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीबाट फारम लिन र आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक सूचनामार्फत जनाएको छ । काठमाडौंमा क्यापिटलको कमलपोखरी शाखाबाट आवेदन दिन सकिनेछ ।

 

प्रकाशित मिति : २० माघ २०८१, आईतवार ११:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।