काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४६ करोड ८१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले १९ अर्ब ७१ करोड रहेकोमा अहिले २२ अर्ब १२ करोड छ ।
सञ्चित आम्दानी २ अर्ब ३८ करोड तथा विपत्ति कोषको आकार १ अर्ब ३० करोड रुपैयाँ बराबर छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ ।




















प्रतिक्रिया