Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा २३ करोड ९ लाख



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले ६ रुपैयाँ ६० पैसा रहेकोमा अहिले ११ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।

यस कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार १०:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।