काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । यहि फागुन २५ गते दियो महल धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेगरी सभा बोलाईएको छ ।
सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्ने एजेन्डा रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएकोले फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।




















प्रतिक्रिया