Logo

खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, नेपाल बिजयी



काठमाडौं । नेपालले बिजय हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गर्यो ।

मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको एकमात्र गोल अन्ततः आजको खेलमा निर्णायक बन्न पुगेको हो । जीत सँगै ४ देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार २०:२४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।