काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन पछि प्रधानमन्त्री केपी ओलीले सरकार चलाए । आफ्नो खुशीमा रमाए । कांग्रेसका कार्यकर्तालाई हर्ष न बिश्मात !
काँग्रेसका धेरै नेताहरुलाई न यो सरकारले कुनै भाउ दिएको छ । न त जनताको सरोकारसँग सरकारलाई मतलब छ । पछिल्लो समय कांग्रेस नेता र कार्यकर्ताहरु महाधिवेशन गर्नुपर्छ भन्ने बिचको लडाइँमा अल्मलिएका छन् । कांग्रेस थलिंदैछ ।
स्वार्थमा नेता विमलेन्द्र निधि, कृष्ण सिटौला,प्रकाशमान सिंह, डा. शशाङ्क कोइरालाको आन्तरिक गठबन्धनको नाटकमा छन् । आज काँग्रेसलाई सरकारमा भएको ‘र’ नभएकोमा कुनै अर्थ छैन ।
त्यहीकारण त अस्थिर नेता सुजाता कोइराला पनि डा. शेखर कोइरालाको पक्षमा लागेकी हुन् । ओलीको हैकमवादले कांग्रेससँगै अन्य मन्त्रीहरू प्रताडित भएका छन् ।बिवादित मन्त्रीहरुको सुचीमा ऊर्जा मन्त्री दिपक खड्का अग्रपंतीमा छन् ।
उनी डा. शशाङ्कको टिमका हुन्। काँग्रेसका मन्त्रीहरूले सरकारको दबदबामा प्रधानमन्त्रीको हस्तक्षेप सहन नसकिने बताएका छन् । प्रधानमन्त्री ओली निकट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको काम देखिएन । जनतासँग जोडिएको बजार सरकारको नियन्त्रणमा छैन् ।
उता पार्टीमा पूर्व वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष फर्किएको खण्डमा ओली राजको एमालेमा अन्त हुने स्थिति छ । अध्यक्षको कोटको खल्तिबाट केन्द्रीय सदस्य बनाइएका एमालेका एउटा पंक्ति छाडा भएको छ ।
महेश बस्नेत, ऐन महर, जुम्लाका जयबहादुर शाही लगायत जोडिएका यौन आचरणका विषय ओली कै विश्वास प्राप्त भएर जोगिएको चर्चा छ ।
संसदीय अभ्यासमा
दलीय सहमतिमा हुनुपर्छ भन्ने कुरा भयो अख्तियार भन्छ । विशेष अदालत २० करोड ७१ लाख भ्रष्टाचार भयो भन्छ । संवैधानिक निकाय कै तर्क र अनुसन्धान कति कमजोर छ त्यो देखियो ।
फनपार्कले चर्चेको ६९ रोपनी जमिनको भाडासम्बन्धी अनुसन्धान कता हरायो ? गुरुङ्ग निलम्बन फुकुवा गरि एकाएक उदाए । अहिले त्यही अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अनिलकुमार सिन्हाले गरेको अर्को फैसलालाई आधार बनाएर सांसद गुरुङ्ग पुन: निलम्बनमा परे ।
न्यायाधीशहरू सपना प्रधान, बालकृष्ण ढकाल, नृपध्वज निरौलाको इजलासले तीन वटा नजिरका आधारमा पुनरावलोकन अनुमति दिएको छ । कानूनलाई स्वार्थ अनुकुल प्रयोग गर्दा ठूला दलसँग माफिया तस्कर विचौलिया जोडिन्छन् । यस अघि नेकपा एमालेले दिपक मनाङ्गे बोकेको देखिएकै हो ।
एमाले र काँग्रेस एक भएपछि जे पनि हुन्छ भन्ने भाष्य सृजना गर्ने काम भईरहेको छ । जनतालाई जवाफदेही , पारदर्सी र उत्तरदायी सरकार चाहिएको छ । काँग्रेस र एमाले एक भन्ने भाष्य व्यक्तिगत लाभका लागि मात्र हो र ? सुशासनका बारेमा काँग्रेस र एमाले जवाफदेहिता बन्न पर्दैन ? जन-जनले प्रश्न गर्न थालेका छन् ।




















प्रतिक्रिया