Logo

अर्थ

सन नेपाल लाइफको सिनियर डीसीईओमा कवि फुयाँल नियुक्त



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीले फुयाँललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो ।

यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । आइएमई लाइफमा गत भदौ ७ गतेदेखि दोस्रो कार्यकाल सुरु हुनु १ दिन अघिमात्र उनले राजीनामा दिएका थिए ।

फुयाँलले नेतृत्व सम्हालेपछि आइएमई लाइफलाई शीर्ष जीवन बीमकको सूचीमा पुर्याउन सफल भए ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १६:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।