Logo

प्रमुख समाचार

माओवादीले भन्ने ‘म्याजिकल’ नम्बरको अब कुनै अर्थ छैन : ईश्वर पाेखरेल



हेटौंडा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो सरकार अब कसैले भन्ने गरेको म्याजिकल नम्बरले नढल्ने बताएका छन् ।

एमाले मकवानपुरको बैठकलाई संवोधन गर्दै पोखरेलले काङ्ग्रेस– एमाले गठवन्धन सरकार २०८४ सम्म जाने र जस्ले जतिसुकै षड्यन्त्र गरेपनि नढल्ने दावी गरे ।

माओवादी अध्यक्ष प्रचण्ड प्रति संकेत गर्दै उपाध्यक्ष पोखरेलले भने, ‘माओवादीको भ्रम र म्याजिकल नम्बरमा अब न काङ्ग्रेस फस्छ, न एमाले फस्छ, यो राष्ट्रिय सहमतिको सरकार आफ्नो कार्यकालको अन्तिम दिनसम्म टिक्छ ।’

यो सरकार राजनीतिक स्थायित्वको लागि निर्माण भएको र सोहि अनुसारको काममा लागेको बताउँदै पोखरेलले केहि राजनीतिक दलले अस्थिर राजनीतिको फाइदा उठ्याउन खोजेपछि काङ्ग्रेस–एमाले एक ठाउँमा उभिएको बताए ।

बैठकमा बोल्दै पोखरेलले अहिले सहकार्य गरिएतापनि २०८४ को निर्वाचनमा काङ्ग्रेसनै एमालेको प्रमुख प्रतिस्पर्धी दल भएको एमालेजनले भुल्न नहुने बताए ।

एमाले बलियो नहुँदासम्म लोकतान्त्रिक व्यवस्था बलियो नहुने भन्दै उनले ०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउन अहिलेबाटै नेता-कार्यकर्ता खट्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ०७:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।