Logo

प्रमुख समाचार

कस्तो मित्र पाएँ भनेर प्रचण्ड मख्ख पर्नुभएको थियो, ओलीले नर्क पो पुर्याइदिनु भयो ! : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेले गठबन्धन बनाएर सरकार बनाएको भनिएपनि अहिलेसम्म संविधान संशोधनको लागि कुनै सुरसार नगरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशसम्बन्धी आयोजना गरेको बृहत्त अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘यो सरकार बनाउँदापनि के कुरा गरियो ? संविधान संशोधनको कुरा ल्यायो, संविधान संशोधन गर्नुपर्छ कि पर्दैन ? के के मा गर्नुपर्छ भनेर बहस चलाएन । यो देशको बहसको विषय बनाईएन, अनि संविधान संशोधन गर्ने बहानामा अर्को एउटा गठबन्धन ल्याईयो ।

अब त संशोधन होला भनेको त अनि प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा गर्ने भने, ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि बस्ने हो कि ? होशियार शेरबहादुरजी, नभए तपाईंले विश्वास गर्नुभएको होला, सँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला, नर्क पुर्याईदेला है, होश गर्नुहोस ।

मैले पूर्वाग्रह राखेर बोलेको पनि होईन, मैले बोल्यो कि कसैकसैलाई पोल्यो भैहाल्छ । माधव नेपालले पक्कै फलानोलाई भनेको भन्ने होला, म फलानोको नाम पनि लिन्नँ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १९:१५   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।