Logo

प्रमुख समाचार

व्यापारी चन्द्र ढकाललाई काँग्रेसको साथ: ‘नो केबलकार’ को माग जायज नभएको निश्कर्स



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाथीभरामा केबलकार बनाउन आवश्यक रहेको जनाएको छ। कांग्रेसले केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने तर केबलकारको बिरोध गर्न नहुने बताएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले ‘नो केबलकार’ अभियानलाई समर्थन गर्न नसकिने समेत निष्कर्ष छ ।

पाथीभरा केबलकारको विषयमा असन्तुष्ट समूहको मागअनुसार वार्ता गर्ने बैठकमा सहभागी एक पदाधिकारीले बताए। ‘नो केबलकार’ समूहसँगको वार्ता निष्कर्षमा नपुगेसम्मका लागि सरकारले निर्माण कार्य स्थगित गरेको मात्र हो । तर, नो केबलकार भन्ने कुरामा हाम्रो पार्टीको सहमति छैन ।’ उनले भने ।

उनले वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १९:५२   :  बजे

465
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।