Logo

प्रमुख समाचार

नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा



काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा। महतले आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्ने बताए ।

उनले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै प्रत्यक्ष उम्मेदवार बन्ने बताएका हुन् ।

गत निर्वाचनमा डा। महत समानुपातिकबाट सांसद बनेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार ०८:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।