काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार संघीय संसद भवनबाट बाहिरिँदै थिए ।
यही क्रममा एक जना पत्रकारले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधिन्- प्रधानमन्त्रीज्यू, तपाईंको अनुहार अलि मलिनो देखिएको छ, कसैसँग बोल्न चाहनुहुन्न । राजावादीहरूले त राजालाई वैशाख ११ गते दरबारमा राखिछाड्छु भनेका छन् नि त, के भन्न चाहनुहुन्छ ?’
प्रधानमन्त्री ओलीले धैर्यपूर्वक प्रश्न सुने । पत्रकारले फेरि प्रश्न थपिन्- राजदरबारमा राजगद्दीमा बसालेरै छाड्ने रे, के भन्न चाहनुहुन्छ ? यसपछि प्रधानमन्त्री ओलीले जबाफ दिए ।
‘राजगद्दीजस्तो एउटा कुर्सीमा त जहाँ पनि राख्न सकिन्छ, होला । खुट्टी देख्दै पत्याइयो,’ यति भनेर प्रधानमन्त्री ओली अघि बढे ।




















प्रतिक्रिया