काठमाडौं । सरकार असफल छ । सरकार असफल हुँदा प्रधानमन्त्री पनि सफल हुँदैनन्। प्रधानमन्त्री केपी ओलीले आफ्नो चौथो कार्यकाल विवाद र बदनाम बनाउदै छन् ।
मन्त्रीहरू सफल नहुँदा सरकार सफल हुँदैन । स्वर्ग नर्क संगै जाने भनेको २४ घण्टा नवित्दै प्रचण्डलाई बाइकट गरेर अगाडि बढेका ओलीलाई अहिले भने माओवादी चाहिएको छ ।
उनले आफ्नो दूतहरू खटाएर माओवादीका वर्षमान पुनदेखि जनार्दन शर्मासंग चुनावसम्म मिलेर जाने बाटो खोल्ने प्रस्ताव लगेका हुन् ।
तर, माओवादीले सरकारमा नजाने बताउँदा ओली प्रवृत्तिसँग हायलकायल भएको कांग्रेस पनि बाटो हेर्दैछ ।
नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहलाई ठूला दुई दल मिलेर सरकार बनाउँदा देशका समस्याहरूको समाधान होला भन्ने लागेको थियो ।
तर, कांग्रेसकै ऊर्जा र पर्यटन मन्त्री हुँदा पनि केही नलागेपछि शेखर समूह मौन बस्न बाध्य देखिन्छ । उर्जामन्त्री दीपक खड्का र पर्यटन मन्त्री बद्री पाण्डेका कारण पनि सरकार बदनाम नै छ ।
सरकारको विवादले कोइराला वंशका दुई हस्ती डा. शशांक र डा शेखरको विषयमा प्रश्न उठ्यो । यी दुई कोइराला निकटकै कांग्रेसी मन्त्रीहरु विवादित बनेका छन् ।
डा. शशांकको कोटाबाट पाण्डे र डा. शेखरको कोटाबाट खड्का मन्त्री भएका हुन् । सरकारमा रहेको पार्टीले कसकाविरुद्ध आन्दोलन गर्छ ?
एमाले सरकारमा एकलौटी शासन गरेको आरोप छ । साना दलहरू जसपा राई पक्ष, नागरिक उन्मुक्ति, लोसपा, जनमत इत्यादिको साथ पाएर संसदमा दुई तिहाई भएको ओली सरकारको नेतृत्व विकृति र बेथितिका थान्को लाउन नसकेको बुझाई छ ।
यो सरकार बनेदेखि नै देश नीतिगत भ्रष्टाचारमा रमाएको आरोप विपक्षले मात्रै लगाएको होइन, कांग्रेसकै शेखर कोइरालाले खुलेआम भनिरहेका छन्। यसरी कतिदिन चल्ने र चलाउने ?
विनाशकाले विपरित वुद्धि,सरकारको कुशासनको निरन्तरताको अर्को कडीका रूपमा लिन सकिन्छ न्यूज अभियानको कुराकानीमा नेपाली कांग्रेस नेता कोइरालाले भने ।
संसदीय सर्वोच्चतामा प्रधानमन्त्री सर्वशक्तिमान हुन्छन् । गलत गर्ने प्रधानमन्त्री भए पनि हटाउनुपर्छ । तर, प्रधानमन्त्री ओली कांग्रेसको उर्जा मन्त्रीलाई उचाल्दै विद्युत प्राधिकरण ध्वस्त बनाउन लागिपरेका आरोप छ ।
एमालेका उद्योगमन्त्री कृत्रिम अभाव सिर्जना गर्दैछन् । प्रधानमन्त्री ओली मुकदर्शक बनेका छन् । एमाले भित्र पनि सरकारको आलोचना भएको छ। सरकार र पार्टी दुवैमा केपी ओली आफ्नो हात जगन्नाथ गर्दछन् ।
सामूहिकता नहुँदा प्रधानमन्त्रीमाथि व्यवसाय दुर्गा प्रसाईले लगाएको आरोपको सामूहिक भन्दा व्यक्तिगत प्रतिवाद भएको छ । साइवर सेनाहरु रिसाएका कारण प्रतिवादको लहर खस्केको छ ।
सरकारले जनताको सेवा गरेन । जनसेवा नहुँदा हरेक ठाउँमा बिचौलिया हावी भएका छन् । काम तिनकै हुन्छ, स्वार्थ तिनकै बाझिन्छ । सत्तारुढभित्र एजेण्डामा बहस हुँदैन, विधेयक अधिवेशनमा अध्यादेशले ठाउँ पाउनु अर्को निराशा हो, तामाकोशी सन्देशमा उल्लेख छ ।




















प्रतिक्रिया