Logo

शिक्षा

नानुमाया पराजुलीको नेतृत्वमा शिक्षक महासंघले बनायो वार्ता टोली



काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।

वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने तय नगरिएको बताइएको छ ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघि तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार २१:३५   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।