काठमाडौँ । वैदेशिक रोजगारीको लागी युके पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले बुधबार एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–२ घर भएकी ३१ वर्षीया रमिला अधिकारी छिन् ।
उनलाई काठमाडौँको चण्डोलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनीविरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।
उनलाई थप अनुसन्धान गर्न विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।





















प्रतिक्रिया