Logo

प्रमुख समाचार

६ नेपाली इरानबाट दिल्ली हुँदै नेपाल फर्किए



काठमाडौं । भारतले आफ्ना देशका नागरिकहरुसँगै उद्धार गरेर दिल्ली ल्याएका ६ नेपालीहरु दिल्ली हुँदै नेपाल फर्किएका छन् ।

उनीहरु सबै बुटवलका नेपाली भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार सबैभन्दा पहिले उद्धार गरिएर दिल्ली ल्याइएकाहरु गणेशप्रसाद पोखरेल र सुमन गैरे हुन् ।

अरु चार जनाको भने थर खुलाइएको छ ।

उनीहरुको नाम गायत्री, उत्सव, सागर र बुद्धी भएको बताइएको छ ।

इरान र इजरायल युद्धमा अमेरिकी तथा कतारी समन्वयमा युद्ध बिराम घोषणा भएपछि नेपालीहरु दिल्ली हुँदै नेपाल आउन लागेका हुन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार २१:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।