Logo

प्रमुख समाचार

गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता, खोजीका लागि सशस्त्र, प्रहरी र सेना परिचालन



काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ ।

बेपत्ता हुनेमा मोरङका मनोज न्यौपाने र सुजन ढकाल छन् । उनीहरू आइतबार दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं। २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकाय समेत संयुक्त रूपमा बेपत्ताहरूको खोजीकार्यका लागि परिचालन छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार २१:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।