Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो ।

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ११:४०   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।