Logo

अर्थ

११ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायले पठाएका सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न नगरेको आधारमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको हो ।

अब कालोसूचीमा परेका ती कम्पनीहरूले एकदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ११:५७   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।