Logo

अर्थ

बजेट ल्याउन नसकेका स्थानीय तहमा संघीय मन्त्रालयको तीन टोली खटिने



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ का लागि तोकिएको समयमै वार्षिक बजेट तथा कार्यक्रम पारित गर्न नसकेका स्थानीय तहहरूको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उच्चस्तरीय तीन टोली खटाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो ।

टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि रहने छन् ।

सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ११:२८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।