काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को विन्दुमा कायम भएको छ ।
आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ६३ करोडको सेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया