Logo

अर्थ

फोटोनको मेगा मनसुन सर्भिस क्याम्प साउन २५ देखि



काठमाडौं । फोटोन टोटल केयरले यही साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प गर्ने भएको छ ।

एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहलमा फोटोन सवारीधनीले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् । साथै विशेष छुट र थप सेवासमेत पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् । यसका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।’

फोटोन सवारीमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क जाँच मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण रहेको कम्पनीको भनाइ छ । यसअन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो सर्भिस क्याम्प नेपालभर फोटोनका ट्रक, भ्यान तथा अन्य व्यावसायिक गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १२:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।