Logo

अर्थ

एक वर्षमा साढे १७ अर्बको बिजुली निर्यात



काठमाडाैं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेश गरी करिब साढे १७ अर्ब रूपैयाँको विद्युत निर्यात गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ मा भारतमा १७ अर्ब १९ करोड रूपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रूपैयाँ गरी कुल १७ अर्ब ४५ करोड ६७ लाख रूपैयाँको बिजुली बिक्री गरेको हो । गत वर्ष १२ अर्ब ९२ करोड रूपैयाँ बराबरको बिजुली आयात गरिएको उल्लेख छ ।

हाल भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ११:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।