Logo

अर्थ

धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो आईपीओ अनुमति



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले थप दुई म्युचुअल फण्डलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले हिमालयन लार्ज क्याप फण्ड र आरबीबी फोकस ४० फण्डलाई निष्कासनको अनुमति प्रदान गरेको हो ।

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो ।

त्यस्तै, आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

यी दुबै बन्दमुखी योजना हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १६:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।