काठमाडाैं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बराबर बोनस शेयर र कर तिर्ने प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिनेछ ।
साथै, बोनस शेयर वितरणपछि कायम हुने पूँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।




















प्रतिक्रिया