काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ ।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियाे । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा १५.०१ प्रतिशत बढेको हो ।
खुद ब्याज आम्दानी पहिले १६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ३२ करोड छ । लोन लस प्रोभिजन अघिल्लो आर्थिक वर्ष ४ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७.६४ रुपैयाँ लाभांश वितरण गर्ने क्षमता रहेकाे छ ।
कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया